Skip to main content

गाँजा फडाँनि तथा सडक सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न....

 गाँजा फडाँनि तथा सडक सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न....






           आज मिति २०७९।०४।३० गते ''समुदाय-प्रहरी साझेदारी'' कार्यक्रम अन्तर्गत प्रहरी विट रत्नेचौर म्याग्दीबाट प्र.ह.विष्णु पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला म्याग्दी बेनी नगरपालिका वडा नं.०१ सिम भन्ने स्थानमा स्थानीयसंग समन्वय गरी प्राकृतिक रुपमा आफै उम्रेका १ रोपनि क्षेत्रफल जग्गामा अं.५० वटा गाँजाका बोटबिरुवाहरु फडाँनि तथा नष्ट गरिएको साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीबाट प्र.ह.भिम बहादुर बोहोराको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला म्याग्दी रघुगंगा गा.पा.वडा नं.०३ बैसरी स्थित बेनी जोमसोम सडक खण्ड तथा ग्रामिण सडक खण्ड अन्तर्गत चल्ने सवारी साधनका चालक, सह-चालक लगायत यात्रुहरुलाई भेला जम्मा गरी अं.४० जनालाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम संचाल गरिएको ।

Comments